१२ श्रावण २०८१, शनिबार

नई प्रकाशनले सिक्का र हुलाक टिकट प्रचलनमा ल्यायो

प्रकाशित मिति :  3 March, 2024 8:41 am


काठमाडौँ। साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनले एक सय रुपैयाँको सिक्का र दश रुपैयाँको हुलाक टिकट प्रचलनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सो सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँ हुलाक टिकट नई प्रकाशनको नाममा प्रचलनमा आएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रजा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काईंला, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैठकमा सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो सिक्का र हुलाक टिकटको लोकार्पण गरे।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका सञ्चालन शिवाकोटीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नई प्रकाशनलाई सिक्का र हुलाक टिकट प्रचलनमा ल्याएको सफलता हात पारेकोमा बधाई ज्ञापन गरे।

नेपालमा यसअघि २०६१ सालमा साहित्यको क्षेत्रमा कार्यरत मदन पुरस्कार गुठीले पनि सुनको असर्फी प्रचलनमा ल्याएको थियो । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !