१५ बैशाख २०८१, शनिबार

सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

प्रकाशित मिति :  10 March, 2024 9:03 am


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई, लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई छन् । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए।

उनले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउँदै यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने जानकारी गराए।

किराँतीले भने, “जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रुपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।”

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !