२० बैशाख २०८१, बिहिबार

विश्व मिर्गौला दिवस : दुई पटक मिर्गौला प्रत्यारोपण गरेका एमाले अध्यक्ष ओलीले दिए यस्तो सुझाव

प्रकाशित मिति :  14 March, 2024 8:29 am


काठमाडौँ। आज विश्व मिर्गौला दिवस । मिर्गाैलाको महत्व र यसको बचाउको सन्देश दिँदै विश्वभर दिवस मनाइँदैछ।

यो वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ तय गरिएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवसको शुभकामना दिँदै मिर्गौला बचाउन सचेत रहनुपर्ने जनाएका छन्।

ओलीले सामाजिक सञ्जालमा सन्देश दिँदै भनेका छन्, “हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।”

मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा ओलीको जोड छ। उनले भनेका छन्, “डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ ।



प्रतिक्रिया दिनुहोस !