२० बैशाख २०८१, बिहिबार

विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइयो विश्व मिर्गौला दिवस

प्रकाशित मिति :  14 March, 2024 1:25 pm


काठमाडौँ । आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपालमा पनि आज विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सो अवसरमा काठमाडौँको दशरथ रंगशाला परिसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइएको हो । सो अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !