१५ बैशाख २०८१, शनिबार

चितवनमा ट्रकसँग बस ठोक्कियो, एक जनाको मृत्यु

प्रकाशित मिति :  17 March, 2024 7:19 am


चितवन । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको चितवनमा बस रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालकसहित चार जना घाइते भएका छन्। इच्छाकामना–६ जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।

घाइतेहरु ट्रक चालक वीरगन्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !