१५ बैशाख २०८१, शनिबार

वुद्धजयन्ति विशेष कविताः वुद्ध तिमी साह्रै ज्ञानी

प्रकाशित मिति :  7 May, 2020 8:16 pm


एसिया को दियो हौ तिमी, दियौं राम्रा ज्ञान
तिमी हौ नेपालीको अस्तित्व अनि नेपालीको सान ।
हत्या हिंसा होइन तिमीले शान्ती को बाटो रोज्यौ
आफै दुख गरेर तिमीले दुखिको लागि सुख खोज्यौ ।।

पाप के हो धर्म के हो तिमीले नै बाटो देखाएका थियौ
माया मोह प्यार को बारे तिमीले नै लेखाएका थियौ ।
सत्य को साक्ष्यातकार हौ तिमी ज्ञानको राजा पनि
तिम्रो भक्ती थियो हिजो हेर उस्तै छ आज पनि ।।

सत्य मार्ग पत्ता लगाउने उद्देश्यले अघि बढेयौ
सुखको महल त्यागेयौ तिमीले दुखिका लागि लढेयौ ।
अर्काको निम्ति त्याग गर्न सक्ने नै धार्मिक हुन्छ भन्थ्यौ
दुष्टलाई होइन तिमीले सन्तोकिलाई राम्रो मान्थ्यौ ।।

लोभ लालच दुरको कुरा तिमी त हौ भगवान दानी
सत्य शान्ति ज्ञान प्रेम अनि समृद्धि को खानी ।
गुनासो को आगोमा जलेको मानिस खुशी हुन्न अरे
आत्म शान्ती हुन्छ भन्थ्यौ राम्रा बिचार गरे ।।

सुख भोग लोभ र रिस लाइ उचित तिमीले मानेनौ
अरुलाइ दुख र पिडा दिई रम्न तिमीले जानेनौ ।।
सुख आफै भित्र खोज्नु पर्छ भन्थ्यौ जहिले पनि
बर्तमानमा बाच्न सिकायौ सम्झिएनौ बिगत कहिल्यै पनि ।।

सुनौलो जीवन को बाटो देखाउने तिमी मार्ग दर्शक हौ
दुखको निवरण मा लाग्ने तिमी शान्ति को रक्षक हौ ।
आफैलाइ चिन्नु पर्छ भनी स्वाभिमान को बाटो देखायौ
गर्ब गर्छौ हामी नेपालि ज्ञानले हामीलाई सत्मार्गमा टेकायौ ।।

(कुशुम आचार्य, २०७६ वैशाख २५)



प्रतिक्रिया दिनुहोस !