१२ श्रावण २०८१, शनिबार

हरेक पाँच अमेरिकी बालबालिकामा १ जनालाई खाना पुग्दैन

प्रकाशित मिति :  8 May, 2020 10:26 am


एजेन्सी, २६ वैशाख । अमेरिकामा हरेक पाँच बालबालिकामा एक जनालाई खाना नपुग्ने देखिएको छ ।

बालबालिकामा हुने खाद्य असुरक्षाको अवस्था अहिलेसम्मकै उच्च रहेको कोरोना अवधिमा गरिएको एक नयाँ अध्ययनमा देखिएको छ ।
कोरोनाभाइरस लकडाउनले करोडौं अमेरिकीको रोजगार गुमेको छ ।

गएको अप्रिल महिनामा अमेरिकी बालबालिकाहरूको खाद्य असुरक्षाको अवस्था सन् २००१ यताकै सर्वाधिक खराब अवस्थामा रहेको छ ।
ब्रुकिङ्ग्स इन्स्टिच्युटले बुधबार सार्वजनिक गरेको अनुसन्धानमा यस्तो उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ता लउरन बउरले यो अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अप्रिलको अन्त्यतिर पाँच अमेरिकी घरपरिवारमा एकका बालबालिकालाई खान पुग्दैन् । कोरोनाले गर्दा ३ करोड अमेरिकीहरूले बेरोजगारीको आवेदन दिइसकेका छन् ।

अमेरिकी कांग्रेसले खर्बौ अमेरिकी डलर बराबरको राहत प्याकेज अनुमोदन गरे पनि धेरै परिवारलाई त्यो अनुदान अपुग भएको देखिएको छ ।

कोरोनाबाट मर्नेको संख्या अमेरीकामा ७५ हजार र बेलायतमा ३० हजार नाघ्यो



प्रतिक्रिया दिनुहोस !