१६ बैशाख २०८१, आइतबार

तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा, यस्तो रहनेछ शनिवारको मौसक

प्रकाशित मिति :  23 March, 2024 8:35 am


काठमाडौँ। काठमाडौँ लगायत कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा शनिवार बिहानैदेखि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशको एक(दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम प्रतिकूल रहेका स्थानहरुमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !