१६ बैशाख २०८१, आइतबार

आज तराईमा होली मनाइँदै

प्रकाशित मिति :  25 March, 2024 8:14 am


काठमाडौँ। नेपालमा दुई दिन होली (फागु पूर्णिमा) मनाउने प्रचलन अनुसार आज तराई क्षेत्रमा हर्षोल्लासकासाथ मनाइँदैछ।

हिजो (आइतवार) काठमाडौँ उपत्यका लगायत देशका पहाडी र हिमाली क्षेत्रमा मनाइएको छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन अनुरुप आज तराईमा होली मनाइँदैछ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा हार्षोल्लासका रूपमा मनाइन्छ।

पछिल्ला वर्षहरुमा तराईका जनता पहाड र पहाडका जनता तराईमा काम विशेषले बस्ने भएकाले कतिपयले दुई दिन नै होली मनाउने गरेको पनि पाइन्छ।



प्रतिक्रिया दिनुहोस !