१५ बैशाख २०८१, शनिबार

आज नेपाल र आयरल्यान्ड ‘ए’ बिच दोस्रो खेल हुँदै

प्रकाशित मिति :  26 March, 2024 8:02 am


काठमाडौँ। नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० दिउँसो १ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ।

सोमवार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न जानेछ।

नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने र नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय प्रतियोगिता खेल्ने तालिका छ।



प्रतिक्रिया दिनुहोस !