१५ बैशाख २०८१, शनिबार

काठमाडौँसहित तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षा, यस्तो रहनेछ आगामी २४ घण्टाको मौसम

प्रकाशित मिति :  28 March, 2024 7:25 am


काठमाडौँ। बिहीबार बिहान काठमाडौँ उपत्यका लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन हेर्न यहाँ क्लिक गर्नुहोला ।



प्रतिक्रिया दिनुहोस !