१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभाद्धारा बिमस्टेक बडा पत्र अनुमोदन

प्रकाशित मिति :  2 April, 2024 4:51 pm


काठमाडौँ । संघीय संसदले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास .(बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित भएकाे हाे ।

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय हितलाई अनुकुल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रूपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भुमिका निर्वाह गर्ने बताएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २१ गते (भोलि) बिहान ११ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !