१७ बैशाख २०८१, सोमबार

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः सौगात मल्ल

प्रकाशित मिति :  3 April, 2024 7:41 am


काठमाडौँ। अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताएका छन्।

मंगलवार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको बताए।

मल्लले आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको बताए। राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको सुझाए।

युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको आरोप उनको छ। मल्लले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो पोखे।

मल्लले भने, “यो देखिरहेको कुरा हो, मेरै साथीहरु नेपालमा छैनन् अहिले । कोही हिरो बन्ने, कोही डाक्टर, आर्मी, पुलिस बन्छु भन्ने साथीहरु बाहिर नै छन् । यो दुःख लाग्ने कुरा हो । अब केही समयपछि त कोही पनि हुँदैनन् की जस्तो छ, यसले मलाई झसंग, झसंग पार्दछ ।”

चलचित्रमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, प्रविण खतिवडा रहेका छन् । चलचित्र रेड सुटकेसको लेखन÷निर्देशन फिडेल देवकोटाले गरेका हुन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !