२० बैशाख २०८१, बिहिबार

स्याङ्जाको भीरकोटमा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

प्रकाशित मिति :  3 April, 2024 2:56 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले दुई दिने निशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर गर्ने भएको छ ।

नगरपालिकाको आयोजना मनमोहन मेमोरियल अस्पताल काठमाडौँ तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा शिविर संचालन गर्न लागिएको पालिकाले जनाएकाे छ । यही चैत २९ र ३० गते हुने शिविर वडा नम्बर ३ को रोजीखोला र वडा नम्बर १ को नगर अस्पतालमा संचालन हुनेछ ।

पहिलो दिन २९ गते राजीखोलामा र दोश्रो दिन ३० गते भीरकोटको हेलुस्थित नगर अस्पतालमा परीक्षण शिविर संचालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर सम्मका प्रजनन् रूपमा सक्रिय महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्‍ने समस्या, अब्स्टेट्रिक फिस्टुला र बाझोपना सम्बन्धी चेक जाँच हुने नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !