२० बैशाख २०८१, बिहिबार

अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने नेपालको तयारी

प्रकाशित मिति :  5 April, 2024 5:01 pm


काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताएका छन् ।

शुक्रवार लुम्बिनीमा ‘लुम्बिनीअन्तर्राष्ट्रिय योगा दिवस’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्ताे बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा आफूले महासचिव गुटेरेससँग नेपालले प्रस्ताव ल्याएको खण्डमा समर्थन गरी प्रस्ताव पारित गर्न सहयोग गर्न आग्रह गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि नेपालले आन्तरिक तयारी गरिरहेको पनि बताए । उनले उच्चस्तरमा छलफल सकेर नेपाल सरकारले प्रश्ताव पारित गरेको खण्डमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !