१८ बैशाख २०८१, मंगलबार

मुटुरोग विशेषज्ञ डा‍.ओम मूर्तिको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

प्रकाशित मिति :  7 April, 2024 1:17 pm


काठमाडौँ । डा .ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकमले देशभरका जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

डा.ओम फाउण्डेशन’ ले आज एक विज्ञप्तिमा जारी गद ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको बताइएको छ ।

पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ ।

पुस्तकले जीवनका बारेमा बुझन र गहिरिएर यसको अनुभव गर्न अध्यात्मसँगको लगाव जरुरी रहेको पुष्टि पारेको छ । मानिसको करिअर, पेसा, पढाइ वा सफलता जीवनको एक पाटो मात्रा हो र समष्टिमा जीवनलाई सार्थक बनाउन अध्यात्मिक चेतना जरुरी रहेको प्रष्ट पारेको छ ।

पाठकहरूद्वारा अत्यधिक रुचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ । ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ ।



प्रतिक्रिया दिनुहोस !