२० बैशाख २०८१, बिहिबार

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरू

प्रकाशित मिति :  7 April, 2024 1:46 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आज (आइतबार) देखि गरिब घरपरिवार गणना सुरू भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी २०९ गणक खटिएका छन् ।

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आइतबारदेखि सुरू गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।

एक जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइएकाे महानगरले जनाएकाे छ ।

यसमा सबैभन्दा धेरै वडा नम्बर १६ र ३२ गरी २ वटा वडामा २१\२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नम्बर ६ र ३१ मा १४\१४ जना, वडा नम्बर १५ मा १२ जना, वडा नम्बर १४ मा ११ जना, ४ र ७ मा १०\१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नम्बर २६ र १३ मा ९\९ जना, वडा नम्बर ३, ९ र १० गरी ३ वटा वडामा ८\८ जना जनशक्ति खटिनेछन् । वडा नम्बर २९ मा ६ जना, वडा नम्बर १७ र ३० मा ५\५ जना, वडा नम्बर ५ मा ४ जना, वडा नम्बर २, ११, २१ र २८ मा ३\३ जना खटिनेछन् । वडा नम्बर ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २\२ जना खटिनेछन् । वडा नम्बर १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १\१ जना जनशक्ति खटिने महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !