१८ बैशाख २०८१, मंगलबार

‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइयो विश्व स्वास्थ्य दिवस

प्रकाशित मिति :  7 April, 2024 7:03 pm


काठमाडौँ । विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी आज विश्व स्वास्थ्य दिवस मनाइएको छ । हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । आज (आइतबार) नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी विश्व स्वास्थ्य दिवस मनाइएको हो ।

सो अवसरमा काठमाडौँस्थित राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको कार्यालयमा स्वास्थ्यको बारेमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनलाई विश्व स्वपास्थ्य दिवसको रुपमा मनाउने गरिन्छ ।

आजकै दिन विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । यस वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइएको हो ।

कार्यक्रममा स्वास्थ्यको बारेमा आवश्यक नीति, बनाइएका नीतिहरुमा परिमार्जन गर्नुपर्ने बारेमा पनि छलफल भएको थियो । नीतिगत कुराका साथै स्वास्थ्यमा जिम्मेवारी र अधिकारका कुरा छलफलको विषय बनेको थियो । अप्रिल ७ मा विश्वभर विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !