१८ बैशाख २०८१, मंगलबार

स्याङ्जाको भीरकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

प्रकाशित मिति :  9 April, 2024 1:46 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा चैत्र ३० गते शुक्रवार वृहत् स्वास्थ्य शिविर हुने भएको छ। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल अस्पताल, काठमाडौँको संयुक्त आयोजनामा भीरकोट नगर अस्पताल, हेलुमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने पालिकाले जनाएको छ।

शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर सम्मका प्रजनन् रूपमा सक्रिय महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्‍ने समस्या, अब्स्टेट्रिक फिस्टुला र बाझोपना सम्बन्धी चेक जाँच हुने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविरमा डा. मुजस् श्रेष्ठ (शल्य चिकित्सा) ,डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती) , डा.इबराज सिम्खडा (जनरल मेडिसिनररेडियोलोजी), डा.उजोन शाक्य (हाड जोर्नी तथा नशा रोग), ड़ा.नबराज बराल (नाकरकानरघाटी),फिजिसियन ड़ा. प्रशन्न बोहरा (फिजिसियन), डा.धनु माया गुरुङ (फिजिसियनरबाल रोग), सुनिला श्रेष्ठ (नर्सिङ), सुजिता गिरी (नर्सिङ), रंजित गिरी(फार्मेसी) र सन्जिब कंडेल (अस्पतालका प्रबर्धन अधिकृत) लगायतका विशेषज्ञहरूले सेवा दिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जनाकारी दिए ।



प्रतिक्रिया दिनुहोस !