१२ श्रावण २०८१, शनिबार

नेपाली भूमिमा भारतले बाटो बनाएको सरकारलाई जानकारी थियो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति :  10 May, 2020 12:08 pm


काठमाण्डौं, २८ वैशाख ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लिपुलेक कालापानी क्षेत्रमा भारतले सडक बनाईरहेको बारेमा पहिलेदेखि नै नेपाल सरकारलाई जानकारी भएको बताएका छन् ।

प्रतिनीधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै परराष्ट्र मन्त्री ज्ञवालीले भारतले अहिले सञ्चालनमा ल्याएको सडक निर्माणबारे सरकार जानकार रहेको बताएका हुन् । उनले भने,‘भारतले सडक निर्माण गरेको बारेमा थाहा थियो यसमा जानकारी नहुने कुरै भएन ।’

परराष्ट्र मन्त्री ज्ञवालीले सिमा लगायत यिनै विवादित विषय समाधान गर्न वार्ताको प्रस्ताव गरेको जानकारी गराए ।

सांसदहरुले अब कूटनीतिक पत्रले मात्रै नपुग्ने र कालापानीबाट भारतीय सेना हटाउन पहल गर्न तथा सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न आग्रह गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘यस्ता समस्या समाधान कूटनीतिक माध्यामबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्ति आएपनि कोरोनाको प्रभाव अन्त्यपछि वार्तामा बस्नेपनि उहाँले भन्नुभएको छ ।’

सांसदहरुको सुझावलाई ग्रहण गर्दै कूटनीतिक माध्यामबाट समस्या समाधान गर्न सबै संयन्त्र परिचालन गरिने परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिबद्धता जनाउनुभयो ।



प्रतिक्रिया दिनुहोस !