१८ बैशाख २०८१, मंगलबार

यस्तो छ तपाइँको बुधवारको राशिफल

प्रकाशित मिति :  17 April, 2024 8:02 am


२०८१ वैशाख ५ गते बुधवारको राशिफल

मेष

मेष राशि हुनेहरुको आजको तुलनात्मक रुपमा बढी मेहनत गर्नुपर्ने दिन छ। आर्थिक कारोबार गर्दा र खानपानमा विशेष ध्यान दिनुहोला । पारिवारिक प्रेम भने सुमधुर हुनेछ।

वृष

वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् ।

मिथुन

मिथुन राशिहुनेहरुको आजको दिन शान्त छ । विवादमा तपाइँको तर्कले जित्नेछ । केही नयाँ समझादरीहरु गर्ने समय आउने छ।

कर्कट

कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । बोलेको काम पुरा हुनेछन् । आफन्तले राम्रो साथ दिनेछन् ।

सिंह
सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । बोल्दा विचार गर्नुपर्ला । यात्रा गर्दा विचार पुर्याउनु होला । खर्च बढ्न सक्छ । बेलुकापख भने सकारात्मक बन्दै जानेछ ।

कन्या
कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ। पराक्रम बढ्नेछ ।

तुला
तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । शुभसमाचार प्राप्त होला । व्यापार व्यवसाय र कृषिकार्यमा लाग्नेले सोही अनुसारको फल प्राप्त गर्ने योग छ ।

वृश्चिक
प्रेम सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ । परिवार र आफन्तको साथले बाध अड्चन टारिने योग छ । सामाजिक प्रभाव थप प्रभावकारी बन्ला। स्वास्थ्यमा ख्याल राख्नुपर्नेछ ।

धनु
धनु राशिको लागि मनमा अशान्ती र डर पैदा हुन सक्छ । यात्रामा कष्टकर हुन सक्नेछ । स्वास्थमा विशेष ध्यान दिनु पर्नेछ । सम्बन्धहरुमा खपपटक हुन सक्ने भएकाले कम बोल्न वा मौन बस्नु नै आजको दिनमा उत्तम निर्णय हुुनेछ ।

मकर
मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । आफन्तजनसँग जमघटले मन प्रफुल्लित होला। धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । धार्मिक कार्यमा लाग्ने योग छ ।

कुम्भ
कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ ।

मीन
मीन राशि हुनेहरुको लागि आजको दिन औषत छ । केही राम्रा केही चित्त नबुझ्दा परिस्थितिको सामना गर्नुपर्ला । बोली, बचत र व्यवहारले परिस्थितिलाई आफ्नो पकडमा राख्न सकिनेछ । वैदेशिक व्यववसायीले लाभ लिने दिन छ ।

——————————-

भाग्यमा लेखेको भन्दा बढी र समयभन्दा अगाडि सफलता हात लाग्दैन । असल कर्मले भाग्यका दोष काटिन सक्छन्। कर्मलाई नै भाग्य ठानेर अगाडि बढ्नुहोस्। सफल अवश्य भइनेछ । शुभदिन



प्रतिक्रिया दिनुहोस !