१८ बैशाख २०८१, मंगलबार

खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छः राष्ट्रपति

प्रकाशित मिति :  17 April, 2024 8:55 am


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भुमिका रहेको बताए।

उनले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताए।

राष्ट्रपति पौडेलले देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताए।

उनले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

पौडेलले खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी रहेको बताए। खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्न आवश्यक रहेको भनाइ पौडेलको छ ।

राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !