१७ बैशाख २०८१, सोमबार

काेरानाका कारण बेराेजगारलाइ राेजगारी र कृषि क्रान्तिमा केन्द्रीत बजेट ल्याइने (भिडियाे सहित)

प्रकाशित मिति :  10 May, 2020 1:48 pm


प्रतिनिधिसभा वैठक २०७७ वैशाख २८ गते । भिडियाेकाे ४२ औं मिनेटमा डा. खतिवडाकाे प्रस्तुति छ ।

काठमाडाैं, २८ वैशाख ।

विदेशबाट फर्कने नेपालीसमेत काेराेनाका कारण राेजगारी गुमाएका बेराेजगारलाइ राेजकारी र कृषिमा आत्मनिर्भरताकाे विषय आगामी आर्थिक वर्षकाे बजेटकाे प्राथमितामा राखिने भएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै  नेपाली अर्थतन्त्रको भरपर्दो आधारको रुपमा रहेको कृषिमा टुटेको उत्पादन सम्बन्धलाई कोरोना महामारीपश्चात उत्पन्न हुने सम्भावनालाई पुनःस्थापित गर्ने अवसरको रुपमा लिंदै कृषि क्रान्तितर्फ साधन र स्रोत परिचालन गरिने  बताए ।

‘कोरानाका कारण गुमेको रोजगारीलाई पुनस्थापन गर्न, वैदेशि रोजागारीबाट फर्कनेलाई रोजगारी उपलब्ध गराउन तथा स्वरोजगार गराउन कृषि, साना तथा घरेलु तथा घरेलु तथा मझौला उद्योग तथा सेवा क्षेत्रमा संलग्न हुन उत्प्रेरित हुने बजेट नर्जुमा गरिने छ ‘ खतिवडाले भने ।

संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनिक, निजी, सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने उनले जानकारी दिए ।

विधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, समृद्धिको यात्रामा प्राप्त भएको उपलब्धि एवं नागरिकलाई गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने मन्त्री खतिवडाको जोड छ ।

अर्थमन्त्री खतिवडाले भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको स्पष्ट पारे ।

उनले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

आ.व. २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि यही वैशाख २९ र ३० गते छलफल गर्ने कार्यसूची तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !