१९ बैशाख २०८१, बुधबार

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई सांसद सुनिल शर्माको २० लाख सहयोग

प्रकाशित मिति :  18 April, 2024 6:29 pm


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

बिहीवार शर्माले काठमाडौँको हेपाली हाइटमा रहेको निर्माणाधिन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै सांसद शर्माले राज्य गर्नुपर्ने काम डा. कोईरालाले आफैँ गर्न लागेकाले कोईरालाको सम्मान स्वरुप आफूले सहयोग गरेको बताए । उनले बच्चाहरूको लागि सातै प्रदेशमा अस्पताल निर्माण गर्न लागेकाले २० लाख रुपैयाँ सहयोग गरेको बताए ।

डा. भगवान कोईरालाले लामो डाक्टर जीवनको भोगाईमा पाएको पीडाको निष्कर्षबाट अस्पताल निर्माण गर्न लागेको बताए । उनले २५ वर्षमा नेपालमा बालबालिकाहरूलाई बचाउन सक्ने अवस्था रहेको तर मुलुकको व्यवस्थापकीय क्षमता र प्रविधिको कमीले गर्दा नसकिएको बताए ।

कियोच अस्पतालले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको पनि डा. कोईरालाले जानकारी दिए । उनले गैर नाफामुलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको बताए ।



प्रतिक्रिया दिनुहोस !