२० बैशाख २०८१, बिहिबार

स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छः स्वास्थ्यमन्त्री यादव

प्रकाशित मिति :  19 April, 2024 11:48 am


काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरिय उत्पादन आवश्यक भएको बताएका छन् ।

हिजो (बिहीवार) काठमाडौँमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका ह्न् । उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गरे । उनले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री यादवले वार्षिक रूपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए ।

उनले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गरे । उनले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताए ।

स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए ।

उनले नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिने बताए । उनले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताए ।

उनले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पु¥याएको बताए । उनले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !