२१ बैशाख २०८१, शुक्रबार

रोल्पाको बडाचौर एयरपोर्ट पुन : सञ्चालन होला ?

प्रकाशित मिति :  20 April, 2024 3:19 pm



काठमाडौँ । रोल्पाका प्रदेश सभा ‘ख’ का सांसद दिपेन्द्रकुमार पुन मन्त्री बनेपछि लुङ्ग्री गाउँपालिकाे ‘तेस्रो अध्यक्ष कप’को उद्घटन गर्न पुगे । उनले विकास निर्माणको भाषण गर्दा भने,“ रोल्पाको एक मात्रै एयरपोर्ट भन्नुपर्दछ,हालको सरकारले बजेट हाल्ने मैले सङ्केत पाएको छु ।”

पटक पटक चर्चा भएर पनि पुननिर्माणको काम नबढेको योजना हो, बडाचौर एयरपोर्ट । रोल्पाको पूर्वी क्षेत्रका तीन गाउँपालिकाले समते वडाचौर एयरपोर्टलाई साझा मुद्दा बनार पटक पटक संघीय सरकारलाई पुनि निर्माणका लागि आग्रह गरिरहेका छन् । गाउँपालिकाले समेत आफ्नो आयोजनाको प्राथमिकतामा राखेर संघीय सरकारलाई आग्रह गर्दै आएको छ ।

२०४६ सालसम्म सञ्चालनमा ल्याइएको बडाचौर विमानस्थल वहुदल स्थापनासँगै ‘पञ्चायती विकास’ को नाममा ओझेलमा पारिएको टिप्पणी हुँदै आएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा आएको विमानस्थलबाट काठमाडौं, पोखरा जस्ता शहरहरूमा उडान हुने गर्दथ्यो ।

विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय सर्वपक्षीय रुपमा काठमाडौँमा पुगेर निर्माणका लागि आग्रह गरेपनि वास्ता गरिएको थिएन । यसअघि वडाचौर विमानस्थलको साटो सदरमुकाम लिबाङ र माडिचौरको आसपासमा बिमास्थल निर्माणको छलफल भएपछि बडाचौर विमानस्थल ओझेलमा परेको थियो । छिमेकी जिल्ला प्युठानमा समेत बिमानस्थल निर्माणको चर्चाले बडाचौरलाई असर गरेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ का लागि पूर्वी रोल्पाका तीन पालिकाका साथै राजनीतिक दलका जिल्ला सङ्गठनहरूले समेत बडाचौरलाई प्राथमिकता दिएका छन् । देशभर विमानस्थल बनेपनि सञ्चालन हुन नसकेकाले बडाचौर एयरपोर्टको पुन : सञ्चालन भने जटिल हुन सक्ने आकल हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !