१७ बैशाख २०८१, सोमबार

नेपाली मूलका दिवेश पोखरेल अमेरीकन आइडलको उत्कृष्ट सातभित्र

प्रकाशित मिति :  11 May, 2020 8:03 am


काठमाण्डौं, २९ वैशाख ।

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज मानिने रियालिटी शो अमेरीकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ट सातभित्र परेका छन् ।

आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र परेका हुन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा गएराति सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका हुन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र ‘द लिटल मर्मेड’को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको ‘किस द गर्ल’ बोलको गीत गाएका थिए ।

दिवेशको अमेरीकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरीकाको एबीसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !