१२ श्रावण २०८१, शनिबार

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भट्टराई प्रदेश प्रहरी कार्यालय तानिए

प्रकाशित मिति :  13 May, 2020 1:23 pm


रुपन्देही, ३१ वैशाख ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईलाई प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

प्रहरी आचरण विपरीत काम गरको भन्दै उनलाई प्रदेश नं ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको छ । डीएसपी भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटकपटक निर्देशन दिए पनि नसुधारेपछि आज डीएसपी भट्टराईलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !