१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न टिचिङ अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

प्रकाशित मिति :  14 May, 2020 12:37 pm


काठमाण्डौं, १ जेठ ।

त्रिवि शिक्षण अस्पताल, महारजगञ्ज काठमाण्डौंमा उपचार गराईरहेकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमणको पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । ६ वर्षीया बालिकामा कोरोनाको संक्रमणको पुष्टि भएका आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमणको पुष्टि भएपछि चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने अस्पतालले निर्णय गरेको    हो ।

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

दासले उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए । सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भएको छ । हिजो मात्रै ललितपुरको आरोग्य फाउण्डेसनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि एउटै भवनमा रहेका फाउण्डेसन र निदान अस्पताल सिल गरिएको थियो ।

वीरगञ्जमा कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । हिजो साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्य ३६ वर्षीया महिला नर्समा कोरोना संक्रमण भएको देखिएो छ । उनी कोरोना संक्रमितको उपचारमा संलग्न भएको स्रोतको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !