१२ श्रावण २०८१, शनिबार

फिफा विश्वकप छनोट खेलमा आज युएईसँग–नेपाल खेल्दै

प्रकाशित मिति :  6 June, 2024 8:35 am


काठमाडौँ। फिफा विश्वकपको छनोट अन्तर्गत समूह ‘एच’ मा आज नेपाल र युएई खेल्दैछन् ।

फिफा वरीयतामा युएई ६७ औं र नेपाल १७८ औं स्थानमा छ। नेपाली समयअनुसार खेल बिहीवार राति ८.४५ बजे सुरु हुने छ। जितले बरियतामा अनुकुलता थप्नेछ ।

यसअघि युएईको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४—० ले पराजित भएको थियो। दशरज रंगशाला खेल्न अयोग्य रहेको भन्दै एएफसीले अश्विकार गरेपछि युएइमा खेलिनिे भएको हो ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले युएई समूहकै बलियो टोली भएको भन्दै उसलाई रोक्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्।

युएई र नेपाल अहिले सम्म दुई पटक प्रतिस्पर्धा गरेका छन्। पछिल्लोपटक १६ नोभेम्बर २०२३ मा भएको विश्वकप छनोटअन्तर्गतकै ‘अवे’ खेलमा नेपालले युएईसँग उसको मैदानमा ४–० को हार भोगेको थियो।



प्रतिक्रिया दिनुहोस !