१२ श्रावण २०८१, शनिबार

तेस्रो खुल्ला भलिबल प्रतियोगिताको उपाधी भीरकोटको बयरघारी पिस युथ क्लबलाई

प्रकाशित मिति :  6 June, 2024 2:23 pm


तस्विर:स्याङ्जा सेराेफेराे

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका बयरघारी स्थित भीरकोट खेलमैदानमा सञ्चालित तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी बयरघारी पिस युथ क्लबले जितेको छ ।

राङ्खोला भलिबल क्लबलाई बयरघारीले ३-० को सेटमा २५-२२, २५-२२ र २५-२१ अङ्कले पराजित गर्दै उपाधी जितेको हो । उपाधी जितेसङ्गै बयरघारीले १ लाख १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो । उपविजेता राङ्खोलाले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ६५ हजार रुपियाँमा चित्त बुझाएको हो ।

भीरकोटस्थित बयरघारी खेलमैदानमा आयोजित उक्त भलिबल प्रतियोगितामा न्यू होराइजन भलिबल क्लबले वालिङ् भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै तृतीय भएको हो । होराइजनले वालिङ्लाई २५-१७, २५-२० र २६-२४ अङ्कले पराजित गरेको हो ।

प्रतियोगितामा तृतीय भएको होराइजनले ३५ हजार र सान्त्वना वालिङ्ले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।प्रतियोगितामा उत्कृष्ट खेलाडी उमेश सेन्चुरी (बयरघारी), उत्कृष्ट स्पाइकर दर्शन गुरुङ (राङ्खोला), उत्कृष्ट सेटर देवेन्द्र परियार (बयरघारी), उत्कृष्ट ब्लकर लेशन गुरुङ (राङ्खोला), उत्कृष्ट कुईकर विवश पुलामी मगर (बयरघारी), उत्कृष्ट सर्भर रुपेश नेपाली (न्यू होराइजन), उत्कृष्ट डिफेन्डर दिवस रुचाल(बयरघारी) र इमर्जिङ खेलाडी आयुष थापा(न्यू होराइजन)लाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए ।

बयरघारी पिस युथ क्लबले बुद्ध जयन्ती तथा क्लबको वार्षिकोत्सबको अवसरमा भीरकोटस्थित बयरघारी खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा गरिएको तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता लिग कम नक आउट अनुसार खेलाइएको रेफ्री संयोजक देव बहादुर गुरुङले बताए ।



प्रतिक्रिया दिनुहोस !