१२ श्रावण २०८१, शनिबार

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

प्रकाशित मिति :  10 June, 2024 1:40 pm


काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसिसि टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सोमवार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए । उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताए ।

उनले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताए । उनले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । उनले नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह गरे ।

उनले खेलाडीहरूका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !