१९ मंसिर २०८२, शुक्रबार

एक रनले नेपाल पराजित, सुपर ८ को सम्भावना सकियो

प्रकाशित मिति :  15 June, 2024 8:40 am


ST VINCENT, SAINT VINCENT AND THE GRENADINES – JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ। टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।

पहिलो बलिङ गरेको नेपालले १ सय १६ रनको लक्ष्य पाएको थियो । तर २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सफल भयो नेपाल ।

यससँगै सुपर ८ मा पुग्ने सम्भावना सकिएको छ अर्थात् नेपालले विश्वकपमा इतिहास रच्ने अबसर गुमाएको छ ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन गरे भने अनिल साहले २४ बलमा २७ रनको योगदान गरेका छन् ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार हो ।

खेलमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए भने विकेट लिएनन् ।



प्रतिक्रिया दिनुहोस !