१२ श्रावण २०८१, शनिबार

लकडाउनको ढाँचा परिवर्तन गर्न गर्ने तयारी

प्रकाशित मिति :  15 May, 2020 3:33 pm


काठमाडाैं, २ जेठ । 

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको ढाँचा परिवर्तन गर्न गर्ने  निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको हो। थप निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । समितिले उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी ढाँचा परिवर्तन गर्ने निर्णय गरेको विडारीले बताए ।

समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रोकिएका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको समिति विडारीले जानकारी दिए ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको जानकारी दिए ।

समितिले आज स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ। छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाब दिएका छन्।



प्रतिक्रिया दिनुहोस !