१९ मंसिर २०८२, शुक्रबार

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः कप्तान पौडेल

प्रकाशित मिति :  20 June, 2024 4:14 pm


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्।

बिहीवार टि २० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भएपनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताएका हुन्।

उनले अमेरिका र वेस्टइण्डिजको पिचमा कुनैपनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए ।उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताए । उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !