काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड
काठमाडौँ। महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१–८१ का दागि लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ।
सोमवार उपप्रमुख सुनिता डंगोलले नगर सभामा बजेट प्रस्तुत गरेकी हुन्। ‘‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेश गरेकी हुन्।
चालू आवमा महानगरपालिका २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकोमा थोरै मात्र वृद्धि गरेको हो ।
महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । राजस्वको स्रोतमा महानगरले शसर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख अनुमान गरेको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन गरिएको छ। पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ अर्ब ८९ करोड बजेट विनियोजन भएको छ ।
संघीय राजस्व बाँडफाँडबाट १ अर्ब ९९ करोड प्रदेशको राजस्व बाँडफाँड ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँडफाँडबाट १० करोड र समानीकरण अनुदानतर्फ संघबाट ८० तथा प्रदेशबाट १० करोड महानगरलाई प्राप्त हुने जनाइएको छ ।
उपप्रमुख डंगोलले चालु आर्थिक बर्षको क्षेत्रगत बजेटको विश्लेषण गर्दै आर्थिक विकास क्षेत्रमा कुल विनियोजन भएको रकमको ३२.१४ प्रतिशत खर्च भएको जानकारी दिइन्।

सामाजिक क्षेत्रतर्फ ४६.७५ प्रतिशत, पूर्वाधार क्षेत्रमा ३१.५५ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा २४.२७ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६५.९४ प्रतिशत रकम खर्च भएको जनाइन्।
उपप्रमुख डंगोलले भनिन्, “कतिपय खर्च भुक्तानी प्रक्रियामा रही लेखाङ्कन भई नसकेका कारण वित्तीय प्रगति आर्थिक वर्षको अन्त्य सम्ममा थपिनेछ ।”
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५ औँ अधिवेशनको तेस्रो वैठकमा उनले महानगरपालिकाका नीति तथा कार्यक्रमलाई साकार पार्न अनुमानित बजेट तथा कार्यक्रम पेस गरेका छन्।








