युरोपमा कारोनाबाट मर्नेको संख्या निरन्तर घट्दो, संक्रमणमा भारतले चीनलाई उछिन्यो

एजेन्सी, ३ जेठ ।
यूरोपमा कोरोना भाइरसका कारण मर्नेको संख्यामा निरन्तर कमी आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सबैभन्दा प्रभावित बनेको इटलीमा २७ मार्चमा एकै दिन ९ सय जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा २ सय ६२ जनाको मात्रै मृत्यु भएको छ ।
बीबीसीका अनुसार फ्रान्स,स्पेन तथा ब्रिटेनमा पनि मृतकको संख्यामा कमी आइरहेको छ । डेनर्मामा १३ मार्चपछि एक जनापनि नयाँ संक्रमित भेटिएका छैनन् । तर, अमेरीकामा मने कोरोना संक्रमित र मृतकको संख्या निरन्तर बढीरहेको छ । अहिलेसम्म ८७ हजार ५ सय ३० जनाको ज्यान गईसकेको छ र १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित बनेका छन् ।
संक्रमणको हिसाबले रुस दोस्रो प्रभावित देश बनेको छ । मृतकको संख्या २४ सय १८ मात्रै भएपनि संक्रमितको संख्या २ लाख ६२ हजार ८ सय ४३ पुगेको छ । यसैबीच यै गतिमा गए अमेरीकामा जूनसम्म कोरोनाका कारण मर्नेको संख्या एक लाख पार गर्ने अमेरीकाका सरकारी अधिकारीले चेतावनी दिएका छन् ।
अमेरीकाको नेशनल पब्लिक हेल्थ इन्च्टिट्यूट सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडन्फिल्डले अमेरीकामा जूनसम्म अमेरीकामा मर्नेको संख्या एक लाख पार गर्ने बताएका छन् ।
उनले विभिन्न अध्ययनपछि मर्नेको संख्या यो भन्दा बढीपनि हुन सक्ने बताएका छन् । भारतमा संक्रमितको संख्या चीनको भन्दा धेरै भएको छ । अहिलेसम्म ८५ हजार ७ सय ८४ जना संक्रमित भेटिएका छन् ।
चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३४ जना संक्रमित छन् ।
विश्वभर अहिलेसम्म ३ लाख ७ हजार ४ सय ८६ पुगेको छ भने ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित बनेका छन् ।