१८ बैशाख २०८१, मंगलबार

थप ६ जनामा कारोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  16 May, 2020 10:22 am


काठमाडौं, ३ जेठ ।

आज फेरी ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितमा बर्दिया नार्खु—११ निवासी २८ वर्षीया महिला,सिराहा सखुवा—१९ निवासी ३० वर्षीय पुरुष,पर्सा वीरगञ्ज—१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही,रामनगर ४ निवासी १८ वर्षीय महिला र चितवन,गढौंली—१ निवासी २५ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !