२१ बैशाख २०८१, शुक्रबार

‘छोरीका लागी छोरी’ अभियान चितवनद्वारा चेपाङ वस्तिमा राहत वितरण

प्रकाशित मिति :  16 May, 2020 3:44 pm


चितवन, ३ जेठ ।

‘छोरीका लागि छोरी नै’अभियानले चितवनको राप्ती नगरपालिका वडा नं १० को चेपाङ गाँउ खामटारमा खाद्यान्न वितरण गरेको छ ।

अभियानले चामल,तेल,दाल तरकारी लगायत खाद्यान्न वितरण गर्नुका साथै स्थानीयवासीसँग छलफल समेत गरेको बागमती प्रदेश संयोजक मुना पाण्डेले जानकारी दिईन् ।

कार्यक्रममा वडा नम्बर १० का वडाअध्यक्ष अम्बर बहादुर तामाङ,वडा सदस्य इन्द्र चेपाङ् लगायत स्थानीय हरिलाल प्रजा साथै स्थानीय बुद्दिजीविको पनि उपस्थिती रहेको थियो। राहत वितरणका क्रममा अभियानले स्थानीय महिला,वडाका प्रतिनिधी र स्थानीय बुद्दिजीविहरुसंग छलफल समेत गरेको छ ।

संयोजक पाण्डेले छोरीहरुको जीव्वनस्तर उकास्न र शैक्षिक मनोवैज्ञानिक र आर्थिक विकास गर्न वडासंग मिलेर सहकार्य गर्दै के कस्ता नीति तथा कार्यक्रम ल्याउन सकिन्छ भन्ने बिषयमा पनि छलफल गरेको छ ।

वडाअध्यक्ष तामाङले अभियान आफूलाई नयाँ खालको लागेको र यो ठाँउमा यस्तो खालको अभियानको आवश्यकता रहेकाले मिलेर अगाडि बढ्न् प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !