१८ बैशाख २०८१, मंगलबार

समिति सभापति घर्तीले २ हजार थान आरडीटी किटसहितका स्वास्थ्य सामाग्री रोल्पा पठाईन्

प्रकाशित मिति :  16 May, 2020 7:27 pm


काठमाण्डौं, ३ जेठ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले रोल्पाका लागि २ हजार थान आरडीटी किट,५ हजार थान सर्जिकल मास्क र ७५ थान पीपीई सेटसहितका स्वास्थ्य सामाग्री गृह जिल्ला रोल्पा पठाएकी छन् ।

सभापति घर्तीले आज स्वास्थ्य सामाग्री रोल्पा पठाएकी हुन् । पछिल्लो समय रोल्पामा स्वास्थ्य सामाग्री अभाव भएको गुनासो आइरहेका बेला सभापति घर्तीले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर स्वास्थ्य समाग्री गृहजिल्ला पठाएकी हुन् ।

सभापति घर्तीले पठाएको समाग्रीमा थप स्वास्थ्य सामाग्रीमा एन-९५ मास्क २०० सय सेनिटाइजर ५ सय एमएलको १५ बोतल, थप सेनिटाइजर ३० लिटर पञ्जा ७ सय ५० जोर, आइ आर थर्मोमिटर १० थान पठाएकी हुन् ।  यसअघि पनि विभागसँग समन्वय गरेर स्वास्थ्य सामाग्री रोल्पा पठाएकी थिईन् ।  सभापति घर्तीले भनिन्,‘ अहिले रोल्पामा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेका छन् र परीक्षणका लागि आरडीटी किट लगायत अन्य सामाग्रीको अभाव भएकाले पठाईएको छ ।

स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल र स्थानीय निकायमा जाने छ । सभापति घर्तीले रोल्पाका प्रमुख जिल्ला अधिकारीलाई उपयुक्त ढंगले स्वास्थ्य सामाग्री वितरण गर्न र थप आवश्यक परे जानकारी गराउन भनेकी छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !