२ श्रावण २०८१, बुधबार

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

प्रकाशित मिति :  7 July, 2024 12:10 pm


काठमडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान अमेरिकाको लस भेगासमा भएको क्वाटरफाइनलमा निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४(२ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो।

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल भने अर्जेन्टिना र क्यानडाबीच हुनेछ ।



प्रतिक्रिया दिनुहोस !