९ कार्तिक २०८१, शुक्रबार

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा, उपाधीका लागि स्पेन सँग खेल्ने

प्रकाशित मिति :  11 July, 2024 11:31 am


काठमाडौं । गत संस्करणको युरोपकमा उपविजेता बनेको इंग्ल्याण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्याण्डले फाइनलमा स्थान बनाएको हो।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको दोस्रो सेमिफाइनल खेलमा अग्रता भने नेदरल्यान्ड्सले लिएको थियो। सातौं मिनेटमा सिमोन्सले गोल गरेर डच टोलीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहेन ।

१८औं मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेदरल्याण्ड्सका डेन्जल डमफ्रिसले केनलाई पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।

सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याए ।

इंग्ल्याण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस !