२१ बैशाख २०८१, शुक्रबार

बाँकेको नरैनापुर गाँउपालिकाको क्वारेन्टाइनमा राखिएका एक जनाको मृत्यु

प्रकाशित मिति :  17 May, 2020 9:06 am


बाँके, ४ जेठ ।

बाँकेको नरैनापुर गाँउपालिकाको क्वारेन्टाइनमा राखिएका एक जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको जानकारी दिए । मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि हिजो नै स्वाब संकलन गरिएको थियो ।

गत ३० मा भारतको मुम्बईबाट आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो । आज बिहान मृत्यु भएको श्रेष्ठले बताए ।

एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएपनि एम्बुलेन्स नपुग्दै उनको मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले जानकारी दिए।

मृतक २५ बर्षका पुरुष हुन् । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।

बाँकेको नरैनापुर गाउँपालिकामा २ सय ६३ जनाको स्वाब संकलन



प्रतिक्रिया दिनुहोस !