३ चैत्र २०८२, मंगलबार

अर्जेन्टिनालाई कोपा अमेरिकाको कीर्तिमानी उपाधि

प्रकाशित मिति :  15 July, 2024 11:30 am


काठमाडौं । अघिल्लो संस्करणको कोपा विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई पराजित गर्दै उपाधि जितेको हो ।

सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे । उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए।

यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो।

१६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !