२३ बैशाख २०८१, आइतबार

ललितपुरको महाँकाल गाउँपालिकामा दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पनि रोक

प्रकाशित मिति :  18 May, 2020 12:36 pm


काठमाण्डौं, ५ जेठ ।

ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकामा जोखिम बढ्न नदिन भन्दै आज एक सूचना जारी गरी गरेर दुई पाङ्ग्रे सवारी सधानमा रोक लगाएको जनाएको हो ।

सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने सूचनामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !