२३ बैशाख २०८१, आइतबार

काेराेना बीमा निर्जीवन बीमा कम्पनीले मात्र गर्न पाउने, भ्रममा नपार्न अन्यलाइ निर्देशन

प्रकाशित मिति :  18 May, 2020 4:52 pm


काठमाडौं, ५ जेठ ।

बीमा समितिले जीवन बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बीमा नगर्न निर्देशन दिएको छ ।

सोमबार बीमा समितिले निर्देशन जारी गर्दै कोरोना बीमा निर्जीबन बीमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने जनाएको छ ।

कम्पनीहरुले कोरोना बीमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिन थालेको भन्दै आफ्नो समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी दिनमा निर्जीबन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुले कोरोना बीमासँग जोडेर आफ्ना सेवा व्यवसाय तथा विज्ञापन नगर्न समितिले निर्देशन दिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !