६ जेष्ठ २०८१, आइतबार

राष्ट्रपति ट्रम्प कारोनाबाट बच्न आफै मलेरियाको औषधि प्रयोग गर्दै,मृतकको संख्या ९० हजार नाघ्यो

प्रकाशित मिति :  19 May, 2020 8:03 am


एजेन्सी, ६ जेठ ।

कोरोनाका कारण अमेरीकामा ९० हजार भन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म ९० हजार ३ सय ४० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

कूल संक्रमित संख्या १५ लाख ८ हजार २ सय ९१ पुगेको छ । कोरोनाको रोकथाममा वेवास्था गरेको आरोप लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प आफै औषधि लिन थालेका छन् । उनले कोरनाबाट बच्नका लागि हाईड्रोक्सीक्लोरीक्विन लिईरहेको बताएका छन् ।

यो औषधि मलेरियाको उपचारका लागि प्रयोग गर्ने गरिन्छ । तर यो औषधिले कोरोनाको उपचार हुन्छ भन्ने कुनै सुनिश्चिता छैन । गत महिला मात्रै अमेरीकाको फूड एण्ड ड्रग एडमिनिष्ट्रेशनले यो औषधिले कोरना संक्रमितलाई मुटुको समस्या हुनसक्ने भन्दै चेतावनी दिएको थियो ।

अहिले अमेरीकी राष्ट्रपति ट्रम्पले त्यै औषधि प्रयोग गर्न थालेका छन् । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार १ लाख ३ सय २८ जना संक्रमित भेटिएका छन् भने मृतकको संख्या ३१ सय ५६ पुगेको छ । विश्वभर अहिलेसम्म ३ लाख १८ हजार ४ सय ६५ जनाको ज्यान गएको छ भने ४८ लाख १ हजार २ सय ८२ जना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !