१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो, आज मात्रै काठमाडौंमा ३ सहित २७ जना भेटिए

प्रकाशित मिति :  19 May, 2020 4:30 pm


काठमाण्डौं, ६ जेठ । 

आज थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाण्डौं उपत्यकामा ५ सहित  २७ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १७ देखि ४६ बर्षका रहेको जानकारी दिए । २४ पुरुष र ३ महिला रहेका छन् । झापामा ९, कपिलवस्तु ४, काठमाण्डौंको ३, मोरङमा १,सुनसरीमा १, मकवानपुर १,सर्लाहीको २, भक्तपुरको १, रामेछाप १, एक ललितपुरमा १,सिन्धुलीमा १, लम्जुङमा १ र नवलपरासीको १ गरि थप २७ जना कोरोना संक्रमित भेटिएको जानकारी दिए ।

आजसम्म संक्रमितको संख्या ४ सय २ पुगेको छ भने अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् । ७७  मध्य ३६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस !