३१ भाद्र २०८१, सोमबार

पर्यटनमन्त्री पाण्डेले भने: देशको राजनीति पेचिलो अवस्थामा छ

प्रकाशित मिति :  18 August, 2024 1:21 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।

आइतवार काठमाडौँमा आयाजित एक कार्यक्रममा बोल्दै उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको र एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताएका हुन्।

उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताए । उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने,”राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरूलाई बदल्नुपर्छ । त्यसका लागि नविन सोच, दृष्टिकोण अनिवार्य छ ।”

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए ।उनले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिवद्धता गरे ।



प्रतिक्रिया दिनुहोस !