२३ भाद्र २०८१, आइतबार

खेलाडी दबाबमा पर्दा फराकिलो जित सम्भव भएन:उर्जन श्रेष्ठ

प्रकाशित मिति :  18 August, 2024 7:25 pm


काठमाडाैँ । नेपाली यु–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन् ।

सातदोबाटोमा समूह ‘ए’ को खेलमा श्रीलंकासँग १–० को साँघुरो जितपछि उनले यो प्रतिक्रिया दिएका हुन्। उनले आफ्ना खेलाडीले बक्समा धेरै अवसरहरू पनि सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न असफल भएको उल्लेख गरे । सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट बन्चित भएको उनको भनाइ छ ।

यद्यपि, उनले आफ्ना खेलाडीले धेरै मेहनत गरेको पनि उल्लेख गरे । उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए । प्रशिक्षक श्रेष्ठले शुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुनसक्ने आँकलन गरे ।उनले टिमअनुसार खेलेको पनि उल्लेख गरे ।

अब आफूले अबको दुई दिनभित्र स्कोरिङमा काम गर्ने योजना सुनाए । पराजित टोली श्रीलंकाका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस !